काठमाडौं,२१ साउन । माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा ९० जना भन्दा बढी केन्द्रीय समिति सदस्य सहभागी भएको दावी गरिएको छ ।

माधव नेपाल पक्षको सचिवालयले आजको बैठकमा ९० जना बढी केन्द्रीय सदस्य भौतिक रुपमै सहभागी भएको मेटमणि चौधरीले जानकारी दिए ।

नेपाल पक्षका भनिएका सुरेन्द्र पाण्डे र योगेश भट्टराई बैठकमा उपस्थित भएका छैनन्। कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका कारणले उनीहरू उपस्थित नभएको बताएको छ। अन्य कतिपय नेताहरू उपत्यका बाहिर भएकाले पनि बैठकमा उपस्थित हुन नसकेको जनाइएको छ।

यस्तै १५ जनाले लिखित रुपमा बैठकलाई सुझाव दिएको सचिवालयको दावी छ । आफ्नो पक्षको धारणा तयार गर्न नेपाल पक्षको केन्द्रीय समितिको बैठक राजधानीमा जारी छ ।