काठमाण्डौ,२२ साउन । नेकपा एमाले माधव नेपाल निकट अनेरास्ववियुको अध्यक्ष सुदेस पराजुलीले भुमि समस्या समाधान आयोग खारेजी गलत भएको बताएका छन। आफ्नो सामाजिक संजालमा सन्देस लेख्दै पराजुलीले पात्र र प्रवृति गलत भए सच्चाउन सकिने भए पनि आयोग खारेज नै गर्नु गलत भएको बताएका हुन् ।
सरकारले ७७ जिल्लामा नै गठन भएर काम अगाडी बढाइसकेको आयोग खारेज गरे पछी आफ्नो प्रतिक्रिया दिदै उनले सुकुम्वासीहरुको समस्या समाधानमा अहिलेको सरकार गम्भीर नभएको आरोप लगाएका छन। गाँस बास र कपास मौलिक अधिकार भएको भन्दै उनले तुरुन्त आयोग गठनको माग पनि गरेका छन ।




















