पर्सा,२२ साउन । आई.टी.आर्मी पर्साको प्रथम भेला पर्साको एक पार्टी प्यालेसमा अहिले भइरहेको छ। पदम पार्टी सेन्टरमा सुरु भएको आई.टी.आर्मी पर्सा जिल्लाद्वारा आयोजित प्रथम भेलाको पूर्वसहरी विकास मन्त्री प्रभु शाह प्रमुख अतिथि रहेका छन्।

एमालेका नेता प्रभु साहको नेतृत्वमा घोषणा गरिएको उक्त आई.टी.आर्मीको जिल्ला भेलामा उमेर नपुगेका बालबालिकाहरुलाई प्रयोग गरिएको छ। कक्षा ८,९ मा बढ्ने बालबालिकाको सहभागिता रहेको देख्न सकिन्छ।

बालबालिकालाई कुनै पनि राजनीतिक कृयाकलापमा प्रयोग गरिने छैन भनेर राजनीतिक दलहरुले प्रतिबद्धता जाहेर गरेका थिए। तर, उक्त प्रतिबद्धता विपरीत आई.टी.आर्मी पर्साको भेलामा बालकालिकाहरुलाई प्रयोग गरेका छन्।
राष्ट्रिय अन्र्तराष्ट्रिय कानूनले बालबालिकालाई कुनै पनि राजनीतिक दलको आन्दोलन, भेलामा निषेध गर्दा गर्दै पनि
त्यसको कार्यान्वयनको अवस्था शून्य देखिन्छ।

नेकपा एमालेका नेता प्रभु साहको नेतृत्वमा आई.टी. आर्मी घोषणा गरिएको हो। सामाजिक न्याय, सुशासन तथा समाजवादप्रति प्रतिबद्धता जनाउनका लागि महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै साहको नेतृत्वमा आई.टी. आर्मी घोषणा गरिएको हो।

ss-768x354