दमक, २३ साउन। नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षीय अगुवा नेतृत्वको सक्षिप्त भेलाले दमकमा पार्टी र संगठनको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार दमकस्थित एक होटलमा आयोजित भेलामा पार्टी जिल्ला कमिटिका सचिवालय सदस्य एबम् दमक नगर इन्चार्च राजेन्द्र दाहालको उपस्थितिमा दमक र कमलका अगुवा नेतृत्वको सहभागिता रहेको थियो ।

भेलामा कार्यक्रमको उदेश्य र औचित्य बारेमा पार्टी जिल्ला कमिटि सदस्य तथा दमकका युवा नेता महेश घिमिरेले जानकारी गराउनुभएको थियो । सो क्रममा नेता दाहालले नेकपा (एमाले) मा देखिएका मतभेद र आन्तरिक समस्याबाट उत्पन्न र पार्टी एकताका लागि अहिलेसम्म भए गरेका प्रयासहरु र आगामी दिनमा हुन सक्ने एकताका चरणहरुका बारेमा जानकारी गराएका थिए ।

भेलामा पार्टी जिल्ला कमिटि सदस्य तथा युवा संघ नेपालका केन्द्रीय सदस्य दमकका युवा नेता हरिकृष्ण पौडेल, सुमन कार्की, संघका केन्द्रीय सदस्य तथा नेकपा (एमाले) कमल गाउँपालिकाका युवा नेता खगेन्द्र बाराकोटी, संघका केन्द्रीय सदस्य तथा नेकपा (एमाले) कमल गाउँपालिकाका युवा नेता सुजन भट्टराई, केशव दाहाल लगायतले नेतृत्वहरु पार्टी एकतामा लाग्न र एकता सम्भव नभए नयाँ पार्टी स्थापना गर्न सुझाएका थिए ।

त्यस्तैं, सो भेलामा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा अखिल फोर्सका सहसंयोजक समेत रहनुभएका दमक बहुमुखी क्याम्पसका कार्यवहाक स्ववियु सभापति रोशन भण्डारी, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य उमेश चौलागाई, झापालली बिद्यार्थी नेता प्रज्वल भण्डारी, युवा नेता सौरभ भटटराई, मदन गुरुङ लगायतले आ-आफ्नो संगाठानीक क्षेत्रको रिपोटिङ गराएका थिए । 

भेलाले साउन मसान्तभित्रमा दमक नगर स्तरीय पुष्पलाल मित्रता केन्द्र गठन गरिने र त्यसका तयारी सहित व्यवस्थापनका लागि पार्टी जिल्ला कमिटि सदस्य महेश घिमिरे, युवा संघका केन्द्रीय सदस्य हरिकृष्ण पौडेल र सुमन कार्कीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तैं, दमक बहुमुखी क्याम्पसस्थित अनेरास्ववियु मार्फत अखिल फोर्स गठनका लागि अनेरास्वियुका केन्द्रीय सदस्य तथा फोर्सका सहसंयोजक रोशन भण्डारीलाई आवश्यक तयारीका निम्ति जिम्मेवारी प्रदान गरिएको छ ।

पुष्पलाई मित्रता केन्द्र गठन हुने कार्यक्रममा महामारीको समयलाई मध्यनजर गर्दै सिमित संख्यामा सम्पन्न गरिने नेता महेश घिमिरेले बताए । नेता घिमिरेका अनुसार थोरै संख्यामा भेला गरिने र छोटो समयमै सकिने छ । ‘सहभागिहरुलाई अनिवार्य मास्क, दुरी कायम गरिदै सेनिटाईजर प्रयोग गरेर मात्रै कार्यक्रम हलमा प्रवेश गराइने छ’, नेता घिमिरेले भने । हाम्रो सरोकारबाट