काठमाडौं, २५ साउन । नेकपा एमाले माधव नेपाल निकट अनेरास्ववियुले आशिक झालाई सम्मान गर्ने भएको छ । सामुदायिक विद्यालय पढेर एमबीबीएस प्रवेश परिक्षामा सर्वोत्कृष्ट हुन सफल मेधावी छात्र आशिक झालाई सम्मान गर्ने भएको हो ।

भोलि मंगलबार बानेश्वरको अर्याल होटेलमा २ बजेदेखि सुरुहुने कार्यक्रमा नेकपा एमाले वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा हुने अनेरास्ववियुको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।