सोलुखुम्बु,२६ साउन । पछिल्लो समय नेकपा एमाले माधव नेपाल समुहले संगठन निर्माणलाई तिब्र गतिमा गरिरहेको छ । यसैक्रममा अनेरास्वाबियुले सोलुखुम्बुमा पनि तेन्जी शेर्पाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
मंगलबार सल्लेरीमा जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुबाट उपस्थित भेलाले गठन गरेको कमिटीको उपाध्यक्षमा किरण निरौला,सचिव दिवस कुलुङ सहसचिव,सन्ताबिर तामाङ,कोषाध्यक्षमा मिङ्मा याङजी शेर्पा रहेका छन ।
त्यसैगरी सदस्यहरुमा सुजिता कुलुङ ,ज्ञानुमाया नाछिरिङ,थर्चेन शेर्पा,सोनाम तामाङ, बिकास राई ,प्रविन कुलुङ, मिस्टर सन्देश राई,मनोज तामाङ, अंचल राई, शैलेन्द्र तामाङ, दायाङ्जी शेर्पा ,सुनिल बस्नेत,छिरिङ शेर्पा, रहेका छन ।

नेकपा एमाले सोलुखुम्बुको जिल्ला कमिटी अध्यक्ष दोर्जी जाङ्बु लामाको प्रमुख प्रमुख अतिथ्यतामा भएको भेलामा जिल्ला कमिटी सचिव डिल्ली राई,जिल्ल्ला कमिटी सदस्य मणिकर्ण राई युवा संघ केन्द्रिय सदस्य किशोर कटुवाल लगायतको आथित्य रहेको थियो ।
२०७५ जेठ २ अघिको एमाले हुदाको २३ सदस्यीय जिल्ला कमिटी रहेकोमा ७ सात जाना बाहेक सवैजना माधव नेपाल निकट अनेरास्ववियुमा रहेको नव गठित कमिटीका अध्यक्ष तेन्जी शेर्पाले बताए ।




















