काठमाडौं,२६ साउन । नेकपा एमाले माधब निकटका युवा नेता राम प्रसाद रिजालले अबको २, ४ दिनमै माधव कुमार नेपालको नेतृत्वमा नयाँ पार्टी घोषणा हुने बताएका छन । उनले नेपाल समूह सरकारमा सहभागी हुने जानकारी समेत दिए ।
ओलीले पार्टी एकताको ढोका बन्द गरिसकेकोले एमाले एकताको च्यापटर समाप्त भैसकेको उनको भनाई छ ।ओलीको नियत एमाले पार्टी एकता नगर्नै भएकोले एकताको नाममा धेरै बेर नअल्मिन वरिष्ठ नेता माधव कुमार नेपाललाई समेत अनुरोध गरेका छन ।
उनले भने -‘ओलीले पार्टीलाई एकताबद्ध बनाउन खोजेका छैनन त्यसैले ओलीको जालमा नफस्न नेपाल खनाल पक्षका नेताहरुलाई अपील गर्दछु र ओली बिनाको वृहत कम्युनिस्ट पार्टी बनाउने अभियानमा सरिक हुन सवैलाई हार्दिक अपील गर्दछु । नेपाल र खनाल एमाले पार्टीमा रहे आफ्नो वर्चस्व गुम्ने डरले ओलीले नेपाल र खनाललाई एमाले पार्टीमा प्रदेश निषेध गरेको ओलीको गतिविधिले देखाईरहेको छ ।”

रामप्रसाद रिजाल एमाले माधव समूहका प्रवाशाली युवा नेता हुन ।




















