वार्ताटोली माधव नेपालकोमा आएर गरेको कुरो हो यो

एकतामा लाग्नेहरु माधव कमरेडकोमा आएर कुरा गर्दा आफू ओलिलाई जसरि पनि मनाउने भन्छन्। फुर्ति देखाउछन्। शिर उच्चो पारेर कुरा गर्छन्। बाघको डमरु नै काखी च्यापेर आएको जस्तो गर्जन निकाल्छन्। ओलि बराबरको अध्यक्ष तपाईं भन्छन् । सबै पार्टीका निर्णय ओलितपाईं(माधव)को संयुक्त हस्ताक्षर बाट मात्रै हुन्छ भन्छन्।आश्वासन बाढ्छन्।

केपी ओलिकोमा पुगेर गरेको कुरो हो यो

बाटै देखि निरास मरेको बिरालो काखी च्यापेर गएको जस्तो। के भन्ने होला ओलि लाई अहंकारले ग्रस्त छन् ।कुरो भुइमा खस्नै दिदैनन्। कस्ले कुरो गर्ने हो भनेर सोच्ने गर्छन्। ओलि संग भेट भए पछि धनुस्टंकार नमस्ते गर्छन्। ओलि हात उठाएर तथास्तु भन्छन्।

कुरो भयो माधव संग। म संग आउने भयो त ? मेरो पद कसरी जोगिन्छ ? उसलाई मनाउन सकेनौ ? सबै चुपचाप हुन्छन्। माधवलाई पनि अधिकार दिनु पर्छ कि ? कुरो निकाल्न खोज्दै हुन्छन् । तिमेरुले काम गर्न सक्दैनौ। उसलाई मेरो एजेन्डामा ल्याउनु पर्‍यो नि?वार्ता टोलिकोले अनि गल्तीको आत्मालोचना गर्नु पर्‍यो नि भन्छन् । ओलि जङ्गिन्छन् मैले भंग गरेको संसद पुनःस्थापन गर्ने उ म आत्मालोचना गर्ने। उस्ले माफी माग्नु पर्छ अनि म एमालेमा ठाउँ दिन्छु। टोपे बादललाई उस्ले नेता मान्नु पर्छ।

वार्ता टोलि अनि माधव तिर आउछन्

ओलि कमरेड सबै मान्न तयार हुनुहुन्छ। तपाईंले आत्मालोचना गरिदिनु पर्‍यो। पार्टी एकता जोगाउनु पर्‍यो कमरेड भन्छन् ।
निरन्तर वार्ता यस्तै हो।