रुपन्देही,२८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन्। प्रदेशको मुख्यमन्त्रीमा आजै नियुक्त भएका मुख्यमन्त्री केसीले सुरुमा सात सदस्यीय मन्त्रिमण्डल गठन गर्न लागेका हुन्।
माओवादी, काँग्रेस, जसपा र स्वतन्त्र सांसदहरुलाई समेट्दै मुख्यमन्त्री केसीले सात सदस्यीय मन्त्रिमण्डल गठन गर्न लागेका हुन्। मुख्यमन्त्रीमन्त्री सहित माओवादीबाट २, काँग्रेसबाट १, जसपाबाट ३ जना र स्वतन्त्र एक सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागिएको स्रोतले जनाएको छ।
काँग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जसपाबाट सुमन शर्मा रायमाझी, कुर्मती ढेँगा र सहसराम यादव मन्त्री बन्ने भएका छन भने स्वतन्त्र (हृदयेश त्रिपाठी समूह) बाट अजय शाही मन्त्री बन्ने निश्चित भएको छ।




















