सिन्धुपाल्चोक,२८ साउन । सिन्धुपाल्चोकको वाइसियलले एमालेका बिधार्थी नेतालाई कोठामै पुगेर कुटपिट गरेका छन । वाइसियलका नेता प्रहलाद चौलागाइले अनेरास्ववियुका सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय सदस्य दिनेश चौलागाई लाई कुटपिट गरेका हुन।

दिनेशले सामाजिक सञ्जाल मार्फत पुर्वमन्त्री युवराज दुलाललाई इंगित गरेर केहि आलोचनात्मक कुरा गरेको कारण वाइसियलका नेताले कुटपिट गरेको दिनेशले बताए । दिनेशको अनुहार र ढाडमा चोट लागेको छ । दिनेश माथि वाइसियलका नेता द्वारा गरिएको कुटपिटको बिरोध गर्दै अनेरास्ववियु र युवा संघले कारवाहीको माग गरेका छन ।

एमालेको कार्यकर्तालाई यसरी कोठामै गएर कुटपिट गरिनु भनेको आज एमाले आफु आफु बीचमा लडाई परेकोले कमजोर हुदै गएको कारण माओवादी होस या कांग्रेस सवैले यसरी हेप्ने दिन आउने एमालेका स्थानिय एक नेताले बताए ।