नेकपा एमालेका सचिब पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर प्रश्न उठाएका छन् । लुम्बिनी प्रदेशमा सत्ता परिबर्तनप्रति चिन्तित हुदै सचिब गुरुङले अध्यक्ष ओलीकै कारण एमाले खरानी बन्न सक्ने बताएका हुन ।
अध्यक्ष ओलीमा बिकसित भएको अहंकार, दम्भ र ब्यक्तिबादले पार्टी समाप्त हुन सक्ने खतरा उत्पन्न भएको उनको भनाई छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट गम्भीर शिक्षा लिदै नेकपा एमालेले सामुहिक नेत्तृत्व प्रणालीलाई अपनाए पनि अध्यक्ष ओलीले यसको पालना नगर्दा पार्टी बिघटनको दिशातिर उन्मुख भएको उनको भनाई छ ।
‘हाम्रो मौजुदा बिधानले नै सामुहिक नेत्तृत्व प्रणालीलाई अंगीकार गरेको छ । तर अध्यक्ष ओली उत्तर कोरियाली कम्युनिष्ट पार्टीको प्रमुख जस्तो गरेर अघि बढ्न थालेपछि समस्या देखा परेको हो ।’ सचिब गुरुङ भन्छन् ‘ओलीको त्यस्तो ब्यक्तिबादी कार्यशैलीकै कारण एमालेलाई अपुरणीय क्षति भइसक्यो । अब त पार्टी खरानी हुन मात्र बाँकी छ ।’
ई–आर्थिक बाट




















