काठमाडौं, २९साउन । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालको १४ बुँदे स्मरणपत्रप्रति एमालेकै युवा नेता हस्त शाहीले कडा टिप्पणी गरेका छन् ।

रिजालले बिहिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधव कुमार नेपालका बारेमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको १४ बुँदे स्मरण पत्रमा उल्लेख कुराहरुप्रति असहमति जनाउँदै शाहीले कडा टिप्पणी गरेका हुन् ।

कम्युनिष्ट आन्दोलनमा ओलीको भन्दा नेपालको भूमिका महत्वपूर्ण रहेको भन्दै दुवैको योगदानलाई एउटै रुपमा जोड्न नमिल्ने शाहीको भनाइ रहेको छ । विगत देखि कम्युनिस्ट आन्दोलन विरोधी गतिविधि गर्ने र दुई तिहाइलाई खरानी बनाउनेलाई माधवकुमार नेपालसँग तुलना गर्न नमिल्ने उनको तर्क छ ।

‘विष्णु रिजाल जीले हिजो १४ बुँदे स्मरणपत्रले माधवकुमार नेपालको योगदानमा ओलीलाई जोड्न खोजेको कता कता नमिलेको अरुलाई भ्रम, भ्रम जस्तो पार्न खोजिएको जस्तो लाग्यो, शाहीले भनेका छन् ‘पुष्पलाल र केशरजंग रायमाझीलाई एउटौ इतिहास छैन । केशरजंगलाई दक्षिण पन्थिको मतियार भनेर इतिहासले सम्झाउँछ । पुष्पलाललाई कम्युनिस्ट आन्दोलनका संस्थापक नेता बाम प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व भनी इतिहासले गौरव गर्छ । ’

उनले भनेका छन् ‘तपाईंलाई थाहा छ कम्युनिस्ट आन्दोलनमा पुष्पलालको योगदानमा केशरजंगलाई जोड्न मिल्दैन। त्यसैले पछिल्लो राजनीति परिवर्तन र गणतन्त्र सुत्रधार शान्ति प्रक्रियाका नायक माधवकुमार नेपालको योगदान बयलगाढा संग माधवकुमार नेपालको नाम जोड्दा अपमान हुन्छ । दुई तिहाइ सरकारले ५९ वटा जनविरोधी काण्ड तपाईंले हामीलाई पैरवी गर्नुभएको हैन र ? विगत देखि कम्युनिस्ट आन्दोलन विरोधी गतिविधि गर्ने र दुई तिहाइलाई खरानी बनाउनेलाई माधवकुमार नेपालसंग तुलना गर्न मिल्दैन ।’

70238219_2509716792409181_1063175354048315392_n

हस्त शाही