सुर्खेत,३० साउन । नेकपा एमाले माधवकुमार नेपाल समूहले आज वीरेन्द्रनगरमा युवा भेलाको आयोजना गरेको छ । उक्त युवा भेलालाई नेपाल पक्षका एमाले कर्णाली प्रदेश संयोजक प्रकाश ज्वाला, मन्त्रीहरु नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
आजको भेलाले यूवा संघको कमिटि समेत गठन गर्ने जनाइएको छ । यसैबीच, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भदौ १७ गते सुर्खेत आउने भएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीका अनुसार भदौ १७ गते वृहत भेलाको आयोजना गरिएको हो ।
सो भेलालाई सम्बोधन गर्नकालागि उनी सुर्खेत आउने कार्यक्रम तय भएको र त्यसैको आवश्यक तयारीकालागि आज युवा संघको भेलाको आयोजना गरिएको उनको भनाई थियो ।




















