माधब नेपाल निकटका युवा नेता राम प्रसाद रिजालले पार्टी विभाजनको बाटोमा पुगेको बताएका छन् ।अनलाइन सगरमाथासंगको कुराकानीमा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गतिविधि एकता विरोधी रहेको बताए ।
ओलीले एकपछि अर्को एकलौटी काम गरिरहेकाले पार्टी एकताको आधार समाप्त भएको उनको भनाई छ । नेता रिजालले ओलीले नै पार्टी एकता नचाहेको टिप्पणी गरेका छन् । उनले माधब नेपालले एकता चाहिरहेको तर पार्टी अध्यक्ष ओलीले विभाजन चाहेको उल्लेख गरे । उनले लुरुक्क परेर ओलीको टाङमुनि नछिर्ने बरु क्रान्तिकारी ढङ्गले पार्टीलाई अगाडि बढाउने बताए ।
उनले माधब नेपाल पक्षको शक्तिशाली पाटीको् केन्द्रिय समितिका सदस्यहरुको सुचि तयार भइसकेको तर घोषणा हुन मात्र बाँकी रहेको बताए । तर केन्द्रिय समितिमा को को रहेका छन भन्ने बिषयमा भने रिजालले खुलाउन चाहेनन् । पाटी एकताको नाममा अब समय खर्च नगर्न दुबै पक्षलाई उनले आग्रह समेत गरे ।




















