भक्तपुर,३० साउन । नेकपा एमाले माधव नेपाल पक्षीय जिल्ला कमिटी भक्तपुरले आफ्नो गतिविधिलाई तिब्र पारेको छ । आज नगरस्तरिय वडा भेला ,बैठक र भेटघाट लाई घनिभुत बनाएको छ । यसै क्रममा आज सुर्यबिनायक नगर वडा नम्बर ८ को वडा भेला सम्पन्न गरेको छ ।

236283140_4936513823031346_771599311343786372_n (2)

यसैगरी भक्तपुर नगरको अगुवा कार्यकर्ता भेला र सुर्य बिनायक वाड नम्बर १० को युबा- विद्यार्थीहरु भेटघाट सम्पन्न भएको छ । आजका सम्पूर्ण कार्यक्रमहरुमा अथितिहरु जिल्ला अध्यक्ष रजन के. सि., जिल्ला सचिब श्याम बस्नेत , नगर इन्चार्ज दीपक बिसुन्खे , नेकपा एमाले नेता अनिल श्रेष्ठ लगायत हुनुहुन्थ्यो ।

236139760_4936520176364044_8170678675448081951_n (2)

सुर्यबिनायक ८ को भेलाले पुराना नेता शम्भर बहादुर लामाको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन निरबहादुर थापा गर्नु भएको थियो ।भक्तपुर जिल्लामा छिटोभन्दा छिटो नगर, वडा र जनबर्गिय संगठन निर्माण गर्ने कार्ययोजना रहेको जिल्ला कमिटीका अध्यक्ष रजन के.सि.ले जानकारी दिनुभयो ।

236664026_4936512576364804_992387652159485412_n (2)