मोरङ,३० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल निकट अनेरास्ववियुले विराटनगरमा अखिल फोर्स गठन गरेको छ। शनिबार महानगर स्तरीय कार्यकर्ता भेलाको आयोजना गर्दै नेपाल समूहले शनिबार विराटनगरमा महानगरस्तरीय अखिल फोर्स गठन गरेको हो ।

Akhil-force (2)

रोहित गौतमको संयोजकत्वमा ५१ सदस्यीय महानगरस्तरीय अखिल फोर्स गठन गरिएको हो । अखिल फोर्स विराटनगर महानगरको सहसंयोजकमा विक्रम सिंह चयन भएका छन् । नेपाल समूहका नेताहरूले समानान्तर कमिटी गठन गरेको नभई पार्टीका गतिविधि तथा संगठन बनाउन सुरु गरिएको दाबी गरेका छन् ।

FB_IMG_16289571844306092-720x375

अखिल फोर्स गठन कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य महेश रेग्मी , अनेरास्ववियुका सह-अध्यक्ष ओसिम आलम, एमाले महानगर अध्यक्ष पारुल क्षेत्री, अखिल फोर्स प्रदेश १ संयोजक शिवराम शहनी लगायतको उपस्थिति रहेको थियो। नेपाल पक्षले मोरङका १७ वटै स्थानीय तहमा जनवर्गीय संगठन निर्माण गरिरहेको छ ।

235843484_4424938027527123_9196209185288401787_n (2)

238567525_4424935567527369_4347698721409638892_n