मधुमल्ला,३१ साउन । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मावानुनशरी सामुदायिक वन क्षेत्रमा रहेको टिकटक रोडमा फुलबारी निर्माण साथै सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै फुलबारी निर्माण र सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सिर्जनशिल युवा अभियान मिक्लाजुङ ८ र तोरीबारी पुस्तकालयको आयोजनामा फुलबारी निर्माण र सरसफाई कार्यक्रम गरिएको सिर्जनशिल युवा अभियानका सचिब फडिन्द्र बस्नेतले बताए । फुलबारी निर्माण साथै सरसफाई आभियानलाई मावा नुनसरी सामुदायिक वनका अध्यक्ष जगत बस्नेत सहितका सम्पुर्ण पदाधीकारीहरु फुलबारी निमार्ण र सरसफाई कार्यक्रममा सहभागी भएर फुलबारी निर्माण र सरसफाई कार्य गर्न सहयोग गरेको सिर्जनशिल युवा अभियानका अध्यक्ष दिनेश खोक्रेलले बताए ।

कार्यक्रममा सहभागिहरुले बिभन्न जातका फुलका बिरुवाहरु रोप्नुका साथै टिकटक रोडलाई सरसफाई गरेका थिए । यस्तै मिक्लाजुङ वडा नं. ९ का युवा व्यवसायी बिमल कुवंरले टिकटक रोडमा सरसफाईमा सहयोग पु¥याउने उदेश्यले २ थान सिमेन्टका डस्विन पउपलब्ध गराएका डस्विनलाई व्यवस्थीत गरी राखीएको सिर्जनशिल युवा अभियान मिक्लाजुङ ८ का सचिब फडिन्द्र बस्नेतले बताए । सो समुहले गएको शनिबार पनी टिकटक रोडमा फुलबारी निमार्ण र सरसफाई गरेको थियोे ।























