काठमाडौं,३१ साउन । रत्नराज्य क्याम्पस काठमाडौंकाे मुटुमा अवस्थित एउटा महत्वपूर्ण क्याम्पस मात्र होइन,इतिहास देखि नै लोकतान्त्रिक आन्दोलनको केन्द्र पनि हो । यो क्याम्पसमा सधै जसो हुने स्वबियुको निर्वाचनमा बामपंथी विद्यार्थीहरु र खासमा नेकपा एमाले समर्थित अनेरास्ववियुले बर्चस्व कायम राख्दै आइरहेको पाइन्छ ।

त्यतिमात्र होइन,नेकपा एमालेको आन्तरिक शक्ति संघर्शहरुमा रत्नराज्यको पक्षधरताले महत्वपूर्ण अर्थ राख्छ । यो क्याम्पसले राष्ट्रिय राजनितिमा महत्वपूर्ण नेतृत्वलाई जन्माएको हुनाले त्यसो हुन गएको हो ।

47875_1562499513289_1436788_n (2)

जगन्नाथ खतिवडा

२०४३ सालकाे स्ववियु सभापति जगन्नाथ खतिवडा हाल नेकपा एमालेको पोलिटव्युराे सदस्य हुनुहुन्छ । उहाँ उदयपुरबाट सांसद पनि रहि सक्नुभएको छ । हाल उहाँ कट्टर माधव कुमार नेपाल समर्थक हुनुहुन्छ । अहिलेको एमाले बिबादमा अध्यक्ष केपि वलिले अध्यक्षबाट राजिनामा दिएर पार्टी एकताको पक्षमा उभिनुपर्ने मत राख्नुहुन्छ ।

130304606_4304976842862067_8778945285170611910_n (2)

दामोदर अर्याल

त्यस्तै बर्दिया निवासी दामोदर अर्याल २०४५ सालमा रत्नराज्य क्याम्पसको स्वबियु सभापति हुनुभएको थियोे । पन्चायतकालमा बिध्यार्थी आन्दोलनमा सयौ पटक प्रहरी हिरासतमा यातना खप्नु भएको छ । यसै क्रममा केन्द्रिय कारागार काठमाडौंमा करिब एक बर्ष कारागार जीवन बिताउनु भएका अर्याल हाल नेकपा एमाले केन्द्रिय युवा तथा खेलकुद बिभागको सचीव हुनुहुन्छ ।

नेकपा एमाले विवाद अगाडि उहाँ केपि वलि समर्थक हुनुहुन्थ्यो । मदन भण्डारी फाउन्डेसनको संस्थापक केन्द्रिय सदस्य रहनुभएका अर्याल उक्त फाउन्डेसनबाट सार्वजनिकरुपमै राजिनामा दिएर माधव समुहमा प्रवेश गर्नुभएको हो । उहाँको भनाई छ,"क.केपिले जबजको आधारभुत मान्यता बेगर सरकार र पार्टी संचालन गर्नुभएकोले उक्त समूह परित्याग गरेको हु" ।

rajendra-rai_26xQQ2Sjc4

राजेन्द्र राई

त्यस्तै २०४९ पुर्व स्वबियु सभापति राजेन्द्र राई एमाले केन्द्रिय सदस्य र प्रदेश न.१ को प्रदेश सांसद पनि हुनुहुन्छ । उहाँ शुरुदेखि नै कट्टर माधव पक्षिय नेतमा गनिनुहुन्छ । उहाँ अनेरास्ववियुकाे पुर्व केन्द्रीय अध्यक्ष पनि हाे । केपि ओलिकाे कट्टर आलाेचक राई यथास्थितिमा पार्टी एकता हुन नसक्ने मत राख्नुहुन्छ ।

Parliament-cannot-be-dissolved-by-the-will-of-PM-Yagya-1200x900

यज्ञराज सुनुवार

हाल संघिय सांसद यज्ञ राज सुनुवार पनि रत्नराज्य क्याम्पस कै अर्का स्वबियु सभापति हुनुहुन्छ । हाल उहाँ एमाले केन्द्रिय सदस्य पनि हो । एमाले बिबादमा उहाँ पनि माधव पक्षमा नै हुनुहुन्छ ।

राजन कुमार बस्नेत (२०५१) बाल गाेपाल उपाध्याय (२०६०) जस्ता पुर्व स्वबियु सभापतिहरु हाल बिदेशमा रहेपनी उहाँहरुले माधव पक्षकै वकालत गरिरहेको पाईन्छ ।

महेन्द्र राई (२०५५) बिनोद मन्जन(२०५७) नवराज पौडेल (२०६२) हरु पनि रत्नराज्यको स्वबियु सभापति बन्नुभयो । उहाँहरु हाल पार्टीको विभिन्न कमिटीहरुमा क्रियाशिल हुनुहुन्छ । उहाँहरुले पनि आफुलाई माधव पक्षमै उभ्याउनु भएको छ ।

अर्का स्वबियु सभापति राजकुमार राई (२०६५) हाल रास्ट्रपति कार्यालयमा काम गर्नुहुन्छ । पार्टीभित्रको बिबादमा उहाँ हालसम्म बिचमा रहनुभएको पाईन्छ ।

107650098_1484162581762856_1954021285494151607_n (2)

तपेन्द्र जङ्ग शाही

हाल यथाबत क्रियाशिल सबै भन्दा पछिल्लो स्वबियु सभापति तपेन्द्र जङ्ग शाही(२०७४) हालै अनेरास्ववियुले गठन गरेको अखिल फाेर्सकाे केन्द्रिय अध्यक्ष भएर माधव पक्षलाई सघाइरहनु भएको छ ।

यसरी के देखिन्छ भने रत्नराज्य क्याम्पसका सबैजसो स्वबियु सभापतिहरु राजनीतिको केन्द्र्भागमै रहेर क्रियाशिल हुनुहुन्छ । त्यसबाहेक उहाँहरु एमाले पार्टी बिबादमा माधव पक्षिय कित्तामा उभिनुभएको पाईन्छ । यो पक्षधरताले देशब्यापिरुपमा माधवपक्षकाे स्थिति मजबुत बनाउन महत्त्वपूर्ण भुमिका खेलेको तथ्यमा इन्कार गर्न सकिँदैन ।