मधुमल्ला,३२ साउन । भुमी सम्बन्धी समस्या सामाधन आयोग खारेज गर्ने निर्णय अबिलम्ब फीर्ता गर्न माग गर्दै हस्ताक्षर संकलन गरीएको छ । अखिल नेपाल किशान माहासंघले मोरङको मिक्लाजुङमा आज हस्ताक्षर संकलन गरेको हो ।

अखिल नेपाल किशान माहासंघका केन्द्रीय सदस्य यामनाथ निरौलाको नेतृत्वमा नेकपा एमाले मिक्लाजुङ पार्टी कार्यालमा हस्ताक्षर संकलन अभियान गरिएको नेकपा एमालेको स्थानीय नेत्री जुना खड्काले बताइन । सुकुम्बासी, भुमिहिन दलित, अव्यवस्थित बसोबस गर्नेहरुको समस्यालाई सरकारले लत्याएकाले नेकपा एमाले मिक्लाजुङले सरकारलाई दबाब दिन र निर्णय फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन गरिएको नेकपा एमाले मिक्लाजुङका अध्यक्ष बुद्धीमान लिम्बुले बताए ।
बुधबार नै जिल्ला प्रसासन कार्यालय मोरङ मार्फत नेपाल सरकारलाई हस्ताक्षर बुझाउने कार्यक्रम रहेकोे नेकपा एमाले मिक्लाजुङ पार्टी सचिव नविन कार्कीले बताए ।




















