काठमाडौं,३२ साउन । नेकपा एमालेको भातृ संगठन अखिल फोर्स र अनेरास्ववियुले काठमाडौँको शंकरदेव क्याम्पसस्थित महिला शौचालय सरसफाइ गरि सेनेटरी प्याड भेन्डिङ मेसिन सञ्चालनमा ल्याएको छ।

महिनाबारीका बेला क्याम्पसमा अध्ययनरत तथा अध्यापनरत महिलाहरुको सजिलोका लागि उक्त मेसिन सञ्चालनमा ल्याइएको हो।देशभरका विद्यार्थीका मागहरुलाई सम्बोधन गर्ने र मागहरुलाई उठाउने, शैक्षिक मुद्दाहरुमा केन्द्रित हुने र रचनात्मक काम गर्नेमा अखिल फोर्स लागि पर्ने योजनाअनुरुप काम गरिरहेको अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले बताए।

238927474_4461165270600825_1885324512197791173_n (2)

उनले देशभरका आङ्गिक क्याम्पसहरुमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गर्ने बताए। त्यसैगरी शंकरदेव क्याम्पसकी उपप्रमुख मिखा श्रेष्ठले आङ्गिक कलेजहरुमा धेरै कुराहरु आवश्यक रहेकोले यस्ता कामहरु गर्दै जान सुझाइन्।

238026468_4461166377267381_6660935283596363214_n (2)

उनले महिलाहरुको लागि गरेको यो काम उल्लेखनीय भएको भन्दै आङ्गिक कलेजका शौचालयमा यस्ता धेरै समस्याहरु रहेको उल्लेख गरिन्। अखिल फोर्सले कलेजमा महिलाहरुलाई पर्ने समस्याहरुलाई कलेज प्रशासनसहित कसैले पनि त्यति ध्यान नदिएको भन्दै त्यसलाई मध्यनजर गरेर यो अभियान शुरु गरेको उल्लेख गरेको छ। नेपालका कतिपय विद्यालयका शाैचालयहरुमा सेनिटरी प्याडकाे व्यवस्था नहुँदा महिनाबारीका बेला छात्राहरु विद्यालय जान छाड्ने गरेका छन्।