तनहुँ,१ भदौ । कारबाहिमा पर्नु कुनै नौलो कुरा नभएको नेकपा एमालेका नेता माधव नेपाल समुहकी नेतृ कलिला खातुनले बताएकी छिन ।
उनले मंगलबार सामाजिक संजालमा भनिन-कारबाहीमा पर्नु कुनै नौलो कुरा होइन अहिले सम्म चार पटक कारबाहीमा भोगी सकेको छु । संविधान बचाउन खेलेको मेरो भुमिका लाई गर्ब र आफैलाइ सलाम गर्दछु धन्यवाद केपि कमरेड ।
नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको छ ।तनहु उदघोष बाट




















