काठमाडौं, २ भदौं । नेकपा एमाले युवा नेता राम प्रसाद रिजालले ओलीसंग बिकेर कार्यदलको सदस्यहरुले माधव कुमार नेपाललाई बाईपास गरेको बताएका छन । नेता रिजालले अनलाइन सगरमाथा संगको कुराकानीमा एक पक्षीय ढंगले गरिएको १० बुदे सहमति को नाटक नै एमाले विभाजन को प्रमुख कारण बनेको कुरा बताए ।

माधव नेपाल निकट समेत रहेका प्रभावशाली नेता रिजालले अध्यक्ष ओलीका नजिकका व्यक्तिहरुले ओलीले जती मनपरी गर्दै गए ओलीलाई स्यावास हजुर राम्रो गर्नुभयो भन्दै झन गलत बाटोमा जान उकासिरहेको आरोप लगाए ।

ओलीले आफ्नै शक्ति र अनुकलतालाई चिनेनन सबैलाई मिलाएर लैजानी अभिभावकीय भूमिका र जिम्मेदारी लाई आफू संग रहेको ओलीले ख्याल नै गरेनन नेता रिजालले भने । अन्तमा सर्वोच्च को फैसला लाई उनी र उनी निकट नेताहरुले संविधान को लोकतंत्र को संसदीय व्यवस्था को विपरीत भनेर उफ्रीरहेका छन । तर ओलीले चालेका असंवैधानिक कदम हरु र गतिविधि हरूले गर्दा सर्वोच्च को फैसला लाई संविधान विपरीत हो बन्ने नैतिक अधिकार ओलीलाई छदै छैंन ।

ओली जस्तो नैतीक चरित्रहीन मान्छे संसारमै अहिले सम्म जन्मे को छैंन ओलीले राजनीति बाट संन्यास लिएर राम राम भन्दै कमण्डलु बोकेर काशी गया अयोध्या गए जनता र राष्ट्रलाई शान्ति तथा भलो हुन्छ रिजालले भने ।

नेता रिजालले ओलीको गतिविधि उनको बालकोट को घरको बार्दलीमा बोलेको भाषण सुन्दा ओली एमालेको अध्यक्ष हुन की साढ़े हुन ? रिजालले आफैलाई प्रतिप्रश्न गरे ।

मान्छे सधै प्रभावशाली शक्तिशाली राष्ट्रबादी र जनप्रेमी हुन उसले लिने बाटो सधै सत्य को पक्षमा न्याय को पक्षमा हुनुपर्छ भन्दै गद्बार हरु तानशाही हरु भ्रष्टाचारी हरु राष्ट्रघाटी कुलदोह्री हरूको पछी लाग्नेहरू राजनीति मा केहीबेर पनि टिक्न सक्दैनन उनले बताए ।ओली को प्रवृत्ति मलामी जांदा खुसी हुने जन्त जांदा दुःखी हुने रहेको कुरा रिजालको भनाई छ ।