काठमाडौं, २ भदौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने अवसर पाएकी हुन् । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन भएकी थिइन् ।
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले दुई जनालाई मन्त्री बनाएकी हुन् । कृष्ण शर्मा खनाल सामाजिक विकासमन्त्री र केशवराज पाण्डे आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका छन् । डोरमणि पौडेलले बुधबार राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनी मुख्यमन्त्री बन्ने पहिलो पहिला बनेकी छन् । लामो समय नेता माधवकुमार नेपाल पक्षमा रहेकी शाक्यले दल विभाजनको अवस्थामा उनको साथ छोड्दै ओलीको पक्षमा लागेकी हुन् । निर्णायक मोडमा नेपालको साथ छाडेकी शाक्यले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री नै बनाएका छन् ।


