विराटनगर,५ भदौ। नवगठित नेकपा ( एकीकृत समाजवादी )ले केन्द्रमा पार्टी दर्ता भए लगत्तै आफ्नो गतिविधिलाई तिब्र बनाएको छ । शुक्रबार उक्त पार्टीले आफु समर्थित बिभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीहरुको भेला बिराटनगरमा सम्पन्न भएको गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा ( एकीकृत समाजवादी )का केन्द्रिय सदस्य महेश रेग्मीले तत्कालिन पार्टी नेत्रित्वले एकताका सबै ढोका बन्द गर्दै लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई एकलौटी कब्जा गर्ने , बदनाम गर्ने एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरिएको भेलालाई बताउनु भयो ।

पुनर्गठित पार्टीले बिगतमा भएको कमीकमजोरीलाई हटाउदै समाजवाद को यात्रामा अघि बढ्ने र जनताको पक्ष्य मा सधै लागिरहने नेता रेग्मीले बताउनु भयो । पार्टी निर्माण को यो महान अभियान नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा राखेको रेग्मीले बताउनु भयो ।

भेला लाई पेशाकर्मीहरुको तर्फबाट हिक्मत बस्नेत, संजु साह , भिम बस्नेत , देबी पन्थी, कोषराज न्यौपाने, डा उद्दव पोखरेल लगायत पार्टीका प्रदेश कमिटि सदस्य मणि दाहाल, लोचन राइ , मृत्युन्जय झा, जिल्ला कमिटीका अध्यक्ष्य चन्द्र वीर राई, महानगर अध्यक्ष्य पारुल क्षेत्री , अनेरास्वबियुका सह अध्यक्ष्य वसिम आलम लगायतले पार्टी पुनर्गठन अभियानको पक्ष्यमा आ आफ्नो भनाइ राख्नु भएको थियो ।