काठमाडौं,५ भदौ । "राजनीति पेशा हैन, सेवा हो"  भन्ने मुलनाराका साथ नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले महिनामा २ दिन : २ घन्टा मेरो, राष्ट्रका लागि अभियान सञ्चालन गरेको छ।

सोही अभियान अन्तर्गत संघले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाइ कार्यक्रम गरेको हो। पिपुल्स भोलेन्टियरका इन्चार्ज सन्दीप राईको नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

233262399_3686747791425281_5334547322407313694_n

बिनाझन्डा र ब्यानर प्रयोग गरी युवा संघको पिपुल्स भोलेन्टियरले १५ दिनअघि टिचिङ हस्पिटलबाट सरसफाइ कार्यक्रम सुरू गरेको थियो। उक्त अभियानको निरन्तरतासहित टियुमा पनि सरसफाइ कार्यक्रम गरिएको संघले जानकारी दिएको छ।

239526674_2900265876900054_6688991909325343652_n (2)