काठमाडौं,५ भदौ । नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा माधव समूहले निवेदन दिएसँगै तटस्थ बसेका एमालेका ५७ जना केन्द्रीय सदस्यहरूको संख्याले माधव नेपालको पक्षरहेको मै बहुमत रहेको दाबी गरिएको छ ।

दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत (समाजवादी) पार्टीका नेता राजेन्द्र राईले नेकपा (एमाले) भित्र प्रष्ट रूपमा नेता माधवकुमार नेपालको बहुमत रहेको पुष्टि भएको दाबी गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘माधवपक्षीय एकता अभियानवाला ५७ र यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा ११५, निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भनेपछि माधव पक्षको बहुमत देखियो ११५, चिन्ह र नाम त पाइने देखियो।’

एमालेका २०३ केन्द्रीय सदस्यमध्ये ११५ जना नेताहरू नेता नेपालको पक्षमा भएकाले चिह्न र नाम पाउने अवस्था देखिएको राईले तर्क गरेका छन्।