धादिङ,५ भदौ। नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र प्रसाद पाण्डेले कम्युनिष्ट आन्दोलनको उपलव्धी बचाउन पाटीलार्ई पुर्नगठीत गर्नुपरेको बताउनुभएको छ ।
शनिबार सदरमुकाम धादिङबेसीमा युवा संघ धादिङको प्रथम विस्तारित बैठकमा सम्बोधनका क्रममा नेता पाण्डेले एमालेका अध्यक्ष केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न लागेकाले आफुहरुले बाध्ये भएर पार्टीलाई पुर्नगठित गर्नुपरेको बताउनुभएको हो । केपी ओलीकै कारण नेकपा एमाले विभाजन हुँदै नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्न बाध्ये हुनुपरेको बताँउदै नेता पाण्डेले ओली राष्ट्रकै कलंक भएको समेत बताउनुभयो ।

युवा संघको प्रथम विस्तारित बैठकका प्रमुख अतिथि समेत रहनुभएका नेता पाण्डेले केपी ओलीले एमाले मात्रै नभई नेपाली कम्युनिष्ट आन्दोलननै सिध्याउने प्राय निश्चित भए पछि माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी जन्मिएको समेत दावी गर्नुभयो ।
पूर्वमन्त्री समेत रहनुभएका पाण्डेले केपी ओली कहिल्यै कम्युनिष्ट एकताको पक्षमा नरहेकोसमेत बताउनुभयो । ‘नेकपा नबनेको थियो भने एमालेले ५० सिट भन्दा एक सिट पनि जित्दैनथियो, माओवादी सँग एकता भयो र ८० सिट र समानुपातिक सहित १२१ सिट जितियो यो महसुस केपीले कहिल्यै गरेनन । हुँदा हुँदा केपीले एमालेको एउटा गुटको नेतृत्व गर्न थाले अन्ततः मनोगत ढंगले पार्टी चलाउन थाले, यो भएसँगै एमाले पुनरगठन नगरिए कम्युनिष्ट आन्दोलनमा ठुलो क्षेति हुने भएकाले केपी ओलीलाई छाडेर नेकपा एकीकृत समाजवादी पार्टी जन्माउन बाध्ये भयौँ ‘ – पाण्डेले भन्नुभयो ।




















