बिर्तामोड,६ भदौ ।  झापामा नेकपा एमालेको माधव नेपाल समूहको समातान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ।

२०७८ साल बैशाख ३ गते माधव नेपाल पक्षको नेकपा एमाले झापा जिल्ला कमिटी गठन भएको थियो। सो कमिटीको शनिबार बिर्तामोडमा बसेको बैठकले हाल माधब नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने निर्णय गरेको हो।

वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको थियो। कमिटीमा चन्द्रमाया श्रेष्ठ उपाध्यक्ष र नीलमणि बराल सचिव छन्। सो सिंगो कमिटी समाहित भएको जनाइएको छ।