सामाजिक सञ्जालमा ख्र्हो अभिब्यक्ती दिदै आएका नेकपा (एकीकृत समाजवादी)का युवा नेता रामप्रसाद रिजालले आफु कमरेड माधव कुमार नेपालको साथ छोडेको भनेर सामाजिक सञ्जालमा नलेखेको बताएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत नेता रिजालले भने "मेरो आशाय एमाले पार्टीलाई एकताबद्ध बनाउनु पर्छ भन्ने नै हो" ।

युवा नेता रिजालले एमाले पार्टीलाई एकताबद्ध बनाउन त्यसको लागि एमाले अध्यक्ष केपी ओलीले राजीनामा दिएर केही दिनमा मार्ग प्रशस्त गर्नै पर्छ भनेका छन् । नत्रभने नेता नेपाल लाई र ओलीलाई समान अधिकार दिएर पार्टी एकता गर्नै अन्तिम प्रयास भैरहेको छ त्यसमा दुबै पक्षका कार्यदल लागेको अवस्था रहेको बताए । पार्टी लाई विधिः सिद्धांत र पद्धति सहित एकता गर्न ओली तयार नभए पार्टी मा ओली अल्पमत पर्ने भएकोले ओलीले आफ्नो खुट्टामा अझै बन्चरो हान्दैनन् होला" नेता रिजालले बताए ।

अन्तमा म नेता नेपाल को साथमा रहेको र पछिल्लो राजनीति घटना परिस्थिति बारेमा नेता नेपाल संग आफ्नो संवाद भैरहेको समेत जानकारी गराउंछु नेता रिजाल ले बताए । साथै हाम्रो घरमा भतिजीको मृत्यु भएकोले म केही दिन मौन बसेको हो र कुनै परिस्थितिबस लेखिएको एउटा स्टाटस लाई हेरेर कसैको मूल्यांकन गर्नु टिकाटिप्णी गर्नु सान्दर्भिक हुदैन। राजनीति यात्रा सधै सिधा हुदैन कहिले बाङ्गो र घुमाउरो पनि हुन्छ नेता रिजालको भनाइ हो यो ।