सिन्धुली,९ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट भातृ संगठन युवा संघ नेपाल कमलामाई नगर कमिटीको भेला सम्पन्न भएको छ । वृहत् मोटर साइकल र्यालीले नगर परिक्रमा सहित भेला सम्पन्न भएको हो ।भेलाले शंकर खड्काको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ । आज भएको सो भेलाले उपाध्यक्षमा कृष्ण ठोकर, सचिवमा दुर्गा थापामगर,सहसचिवमा अमृत तामाङ्ग र कोषाध्यक्षमा सविन घिमिरे लगायत सदस्यहरु चयन गरेको छ ।

239427790_923733468223361_2558095431468316083_n

युवा संघ नेपाल जिल्ला अध्यक्ष विष्णु बुर्जाको अध्यक्षतामा भएको भेलामा युवा संघ नेपालका केन्द्रिय सचीव मिनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो त्यसैगरी विशिष्ट अतिथिहरु केन्द्रिय कमिटीका नेता गंगा नेपाल, प्रदेश कमिटी सदस्य तथा कमलामाई नगर प्रमुख खड्गबहादुर खत्री, प्रदेश कमिटी सदस्यहरु. शान्ता पाख्रीन, कर्ण धिसिङ्ग, जिल्ला अध्यक्ष सुर्य पाख्रीन, जिल्ला सचीव चित्र लुङ्गेली, अनेरास्ववियू स्थायी कमिटी सदस्य, अखिल फोर्स सहसंयोजक, अखिल फोर्स वाग्मती प्रदेश संयोजक दिपेन्द्र फुयाल, युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्यहरु विशाल थिङ्ग, प्रखर सिन्धुलीय, अनेरास्ववियू केन्द्रिय कमिटी सचिवालय सदस्य सन्तोष घिमिरे, अनेरास्ववियू केन्द्रिय कमिटी सदस्यहरु प्रकाश काफ्ले, थानराज पहाडी, अनेम संघको जिल्ला नेता मेनुका तिमल्सिना, हिस्टान सिन्धुलीका नेता ध्रुव निशान पहाडी, शिक्षक संगठनका नेता सन्तोष कार्की लगायतको आतिथ्य रहेको थियो ।

240496304_923732441556797_2074754486735079247_n