सुर्खेत,११ भदौ । कालिकोटका अधिकांश एमालेका जिल्ला नेता तथा कार्यकर्ता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका छन् । ६७ सदस्यीय जिल्ला कमिटी सदस्यमध्ये ४० जनाभन्दा बढी एकीकृत समाजवादीमा खुलेका हुन् ।

240756200_2636064093357024_5597970964943149042_n (2)

यस्तै, अधिकांश जनप्रतिनिधिसमेत एकीकृत समाजवादीमा लागेका छन् । एमालेले जितेका तीन स्थानीय तहका आध्यक्ष र उपाध्यक्ष गरी चारजना र २४ वडाध्यक्षमध्ये १३ जना एकीकृत समाजवादीमा खुलेका छन् ।

जिल्लाको खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्ट, नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट, शुभकालिका गाउँपालिकाका अध्यक्ष षडानन्द चौलागाई र उपाध्याक्ष पम्फा शाही एकीकृत समाजवादीमा लागेका छन् । नगरपालिकाका नगरप्रमुख जर्सीप्रसाद पाण्डे र महावु गाउँपालिकाका उपाध्यक्ष मनराज शाही मात्र एमालेमा रहेका छन् ।

यस्तै, २४ वडाअध्यक्षमध्ये खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जगदेश शाही, ४ का दानसिंह विक नयाँ पार्टीमा लागेका छन् । पचालझरना गाउँपालिका १ का रत्नलाल न्यौपाने, रास्कोट नगरपालिका ९ का डबल वोगटी, सान्नीत्रिवेणी ७ का मनिराम सिम्खडा, ८ का जनक केसी पनि नयाँ पार्टीमा खुलेका छन् ।

236689476_251408333519685_7920186268538013766_n (2)

यसैगरी, नरहरीनाथ गाउँपालिका तीनका टक्कबहादुर विष्ट, शुभकालिका गापा ४ का रामहादुर शाही, ५ का केशन शाही, ६ का कर्णबहादुर खत्री, महावु सातका धर्मराज शाही, पाँचका गहुँकला शाही नयाँ दलमा लागेका छन् ।

नेकपा एमाले कालिकोटको नवौँ महाधिवेशनमा नेपाल पक्षका ३५ जना निर्वाचित थिए । अहिले एकीकृत समाजवादीमा ४० भन्दा बढी सदस्य समाजवादीमा लागेका छन् ।

अध्यक्ष विश्वराज बमका अनुसार अनुसार मजंग बम, दन्त बम, होविन्द सन्ज्याल, रन रोकाया, डबल वोगटी छन् । मनिराज बराल, गोरख शाही प्रतिक, भुपेन्द्र बम, मनिराम सिम्खाडा, ललितजंग बम, अग्रबहादुर बोगटी, कृष्णकला पाण्डे पनि एकीकृत समाजवादीको जिल्ला भेलामा सहभागी भएका छन् ।

यस्तै, धनबहादुर विष्ट, गोरख बटाला, जयरुप बटाला, दानबहादुर सहकारी, जजराज शाही, पुष्पराज आचार्य, दलबहादुर शाही, प्रकाश शाही, जनक सेजुवाल, चित्रसिंह गाउँले पनि एकीकृत समाजवादीको भेलामा सहभागी भएका थिए ।

यस्तै, टेकबहादुर शाही, श्रीबहादुर शाही, ऐनबहादुर शाही, तारा कुमारी शाही, बलिराज शाही, तिलबहादुर शाही, राधीका शाही, कमल बहादुर शाही, मदन चौलागाईं, रवीन्द्र शाही, वीरबहादुर शाही, दुर्गा शाही न्यौपाने, चन्द्रबहादुर शाही, अर्जुन ऐडिलगायत जिल्ला नेता एकीकृत समाजवादीमा लागेका छन् । दृष्टी बाट