काठमाडौं,१४ भदौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गरेका छन्।

सोमबार काठमाडौंको वसुन्धरास्थित गोधुली फुडल्याण्डमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गरेका हुन्।

एमालेको १० औं महाधिवेशन आगामी १० देखि १३ मङ्सिरसम्म काठमाडौंमा हुने तय भएसँगै उनले यस्तो घोषणा गरेका हुन्।

पोखरेलले आफू दुई पटक महासचिव भइसकेको र तेस्रो पटक हुन विधानले नदिने भएकाले अब अध्यक्षमा उठ्ने बताएका हुन्। आगामी नेतृत्वका लागि हालका अध्यक्ष केपी ओलीले समेत इच्छा देखाउँदै आइरहेका छन्।