बागलुङ,१५ भदौ । नेकपा एमाले बागलुङका संस्थापक नेता तथा पूर्व ऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । विभिन्न सञ्चार माध्यमसँग कुराकानी गर्दै शर्माले पछिल्लो राजनीनिक परिदृष्यमा एमाले विधि र विधानमा नरहेको भन्दै पार्टी त्यागको घोषणा गरेका हुन् ।

एमाले त्यागेका शर्माले नेकपा (एकीकृत समाजवादी)मा संगठित हुने घोषणासमेत गरेका छन् । नेकपा एमाले टुक्रिएर माधवकुमार नेपाल नेतृत्वको गठन भएको समाजवादी पार्टीमा शर्मा सामेल भएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा संसद विघटन गरेदेखि ओलीको गलत राजनीतिक प्रवृत्तिले सिंगो कम्युनिष्ट आन्दोलन र जनतालाई धोका दिएको भन्दै आफू समाजवादी पार्टीमा लागेको शर्माले बताए ।

ओलीको गैर राजनीतिक क्रियाकलाप र शत्रुतापूर्ण व्यवहारले नयाँ पार्टी जन्मिएको उनको भनाइ छ । दक्षिणपन्थीको इशारामा गुटको राजनीतिक गरेर ओलीले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको उनले आरोप लगाए । ओली प्रबृत्ति पार्टीमा मौलाएकै कारण आफूहरु नयाँ राजनैतिक बाटो रोज्नुको परेको उनले बताए । ढोर पाटन