कलैया,१६ भदौ । बारामा गठन भएको नेकपा एमाले माधवकुमार नेपाल समूहको समानान्तर कमिटी नै नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरण भएको छ । राजेन्द्र प्रसाद कलवारको नेतृत्वमा बनेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेको हो ।

240817264_10159552363566952_3246076661915551110_n (2)

बारा जिल्लामा प्रतिनिधी सभा विघटन तथा प्रतिगमनको विरोधमा क्रियाशिल कमिटीका जिल्ला सचिवालय, जिल्ला कमिटी सदस्य, जनवर्गीय संगठन तथा बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।

जिल्ला सचिवालयकाे आज बसेकाे बैठकले सिंगो जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने निर्णय गरेकाे कार्यक्रममा अध्यक्ष कलवारले बताए । नवगठित नेकपा (एकिकृत समाजवादी) का केन्द्रीय सदस्य दिनेश राईले सबै उपमहानगर, नगर तथा गाउँपालिका कमिटीमा पार्टी संगठन पुनर्गठन, विस्तार तथा निर्माण गर्न आग्रह गर्दै समाजवालको यात्रामा सहभागी हुन सबैलाई आह्वान गर्नुभयो ।

241037278_10159552363486952_4263726327019287805_n

विगतदेखी सँगसँगै प्रतिगमनको विरुद्धको आन्दोलन तथा तानाशाही प्रवृत्तीलाई परास्त गर्ने आन्दोलन तथा सघर्षको मैदानमा रह्नु भएको नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई केपि ओली र त्यस प्रवृत्तीको भुलभुलैयामा नपर्न तथा लोकतान्त्रिक शक्ति तथा आन्दोलनलाई सुटृढ गर्दै सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्ने अभियानमा जुट्न उहाले आब्हान गर्नुभयो ।

जिल्ला बैठकमा नेकपा एकिकृत समाजवादीको घोषणा पत्र–२०७८ को वाचन वीरेन्द्र प्रसाद शाहले र संचालन कृष्ण खनालले गर्नु भएको थियो । बैठकमा राम यादव, कौशलकिशोर सिंह, महानन्द यादव, रामदास धौजु, रवि कुशवाहा, कमला अधिकारी, गौरी ढकाल, ध्रुव यादव, बतहु यादव, उस्मान अंसारी, गगनदेव कुशवाहा, विजेन्द्र चौधरी, सुरेश मोदक, बिक्रम राम, सुरेन्द्र यादव, श्री प्रसाद पासवान लगायतले बोल्नु भएको थियो । बक्ताहरुले कम्युनिष्ट आन्दोलनलाई केपी ओली र ओली प्रवृत्तीबाट पार्टीलाई जोगाउन, ढुलमुले चरित्र बोकेका जिल्ला वा केन्द्रका नेताबाट पार्टी भ्रष्टिकरण हुनबाट जोगाउन आब्हान गर्नु भएको थियो ।

241039959_10159552363416952_6938482359553256462_n (2)

आगामी  दिनमा बिधि,चरित्र, संस्कृती तथा जनआधारित पार्टी निमार्णका लागि विभिन्न सुझावहरु प्रस्तुत गरीएको थियो । बैठकले बारा जिल्लामा नेकपा एकिकृत समाजवादीलाई सुदृढ, संगठित तथा जनआधारित पार्टी निर्माणका लागि विभिन्न निर्णयहरु गरेको छ । नेकपा एकिकृत समाजवादी पार्टीकै नामबाट अब उपरान्त सबै गतिविधीहरु सञ्चालन गर्ने, जिल्ला, स्थानीय तह, जनवर्गीय संगठनहरुलाई यो पार्टीमा समाहित तथा रुपान्तरण हुने, कलैयामा जिल्ला कार्यालय स्थापना गर्ने, भाद्र २७ गते पार्टी अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा पूर्ण जिल्ला कमिटी गठन, विस्तार र शपथ ग्रहण कार्यक्रम कलैयामा सम्पन्न गर्ने निर्णय गरीएको अध्यक्ष कलवारले बताउनु भयो ।