पर्वत,१७ भदौ । पर्वतमा नेकपा (एकीकृत समाजवादी)को जिल्ला कमिटी गठन भएको छ । बुधबार कुस्मामा भएको भेलाले मोती पौडेलको संयोजकत्वमा ७५ सदस्यीय संयोजन कमिटि गठन गरेको हो ।

240803876_1583111218696278_3317756028101554317_n (2)

१५ वर्षसम्म नेकपा एमाले पर्वतका सचिब भएर काम गरेका पौडेलको नेतृत्वमा एकिकृत समाजवादी घोषणा भएको हो । भेलामा बोल्दै नेकपा एस का केन्द्रीय सदस्य चुडामणी जंगलीले केपी ओलीको अहं र हठका कारण एमालेमा बिद्रोह गरि नयाँ पार्टी बनाउनुपरेको बताउनुभयो । उहाँले एमाले व्यक्तिबाट चल्न थालेकाले कम्यूनिष्ट बन्न नसक्ने बताउँदै क्रान्तिकारी एमालेहरु एकिकृत समाजवादीमा समाहित हुने ठोकुवा गर्नुभयो ।

240848561_1583111262029607_2818602753163539921_n (2)

कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य बिजय गुरुङले एकल र व्यक्तिवादका विरुद्धको बिद्रोह भएकाले क्रान्तिकारीहरुलाई यही पार्टीमा गोलबद्ध हुन आव्हान गर्नुभयो । द्रुत खबरबाट