हेटौँडा,१७ भदौ । मकवानपुरमा नेकपा (एकीकृत समाजवादी)को जिल्ला कमिटी गठन भएको छ । नेकपा एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) को मकवानपुर जिल्ला अध्यक्षमा श्रीधर पोखरेल चयन भएका हुन् ।
बिहीबार भएको मकवानपुर जिल्ला सदस्यहरुको भेलाले पोखरेलको अध्यक्षतामा २ सय ५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले बताइन्।
कमिटिको जिल्ला उपाध्यक्षमा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर समेत रहेकी मिना लामा तथा सचिवमा विष्णु दाहाल चयन भएका छन्।




















