सल्लेरी,१७ भदौ । नेकपा एमालेको माधव नेपाल पक्षले सोलुखुम्बुमा समानान्तर रुपमा गठन गरेको जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । दोर्जी जाङ्बु लामा शेर्पाको अध्यक्षतामा बनेको कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको हो । भेलाले उपाध्यक्षमा नन्दराज गुरुङ सचिवमा डिल्ली राई सहसचिवमा सहसचीव मनबिर राईलाई चयन गरेको छ ।

बिहीबार सल्लेरीमा भएको जिल्ला सदस्यहरुको भेलाले १६ सदस्यीय सचिवालय बनाएको छ जसमा दोर्जी जाङ्बु लामा शेर्पा, डिल्ली राई,मानबिर राई, ए.आर. शर्मा ,राम थुलुङ, तेन्जिङ शेर्पा ,सोनाम ओङ्छेन शेर्पा ,जि.वि. बस्नेत, एच..एम खतिवडा,फुग्यालजेन शेर्पा, पि.आर.बस्नेत, पेमा छेवाङ शेर्पा,सोभितमान राई,शंकर बस्तोला,मणि कर्ण राई ,तिलजंग राई रहेका छन् ।
बैठकले तेन्जी शेर्पा नेतृत्वमा बनेको अनेरास्ववियु जिल्ला कमिटीलाई नेकपा एकीकृत समाजवादीको भातृसंगठनकोरूपमा समाहित गर्ने निर्णय गरेको छ । बैठकले आजै जनबर्गिय संगठनको ईन्चर्ज पनि तोकेको छ । प्रचारप्रसार विभाग प्रमुख - तेन्जिङ शेर्पा ,युवा ईन्चार्ज - सोनाम ओङ्छेन शेर्पा ,विद्यार्थी ईन्चार्ज - सोभितमान राई, महिला - एच एम खतिवडा ,सम्पर्क - आङ कामी शेर्पा रहेका छन ।

सोलुखुम्बुका सम्पुर्ण स्थानीय तहको संयोजकहरु तोकेको छ जसमा सोलुदुधकुण्ड ना पा - सन्तोष थापा मगर ,थुलुङ दुधकोशि गा पा - कल्पना गिरि (बस्नेत) ,नेचासल्यान गा पा - बिष्णु बास्तोला,सोताङ गा पा - जुद्द बहादुर कार्की ,महाकुलुङ गा पा - जुद्द बहादुर कार्की ,खुम्बु पासाङ ल्हामु - दोर्जी सुशील शेर्पा ,लिखुपिके - आङ कामी शेर्पा ,माप्या दुधकोशि - सौमाया राई रहेका छन् ।
बैठकले सन्तोष थुलुङ, थिर प्रसाद कट्टेल, कुमार शर्मा,विबस कुलुङ ,थुतोप दोर्जी शेर्पा,दा जाङ्मु शेर्पा नकुल कामीलाई जिल्ला कमिटी सदस्यमा थप गर्ने निर्णय पनि पारित गरेकोछ । बैठकमा प्रदेश कमिटी सदस्य तथा सोलुखुम्बु ईन्चार्ज आङ ङिमा लामा प्रदेश सदस्य बिष्णु बास्तोला सदस्य सन्तोष थापा मगरको अतिथ्यरहेको थियो ।




















