फिदिम,१८ भदौ । पाँचथरका प्रदेश सभा सांसद गणेशकुमार काम्बाङले आफ्ना कार्यकर्ता, शुभेच्छुक र मतदातालाई नयाँ ढङ्गले समाजवादको बाटोमा निर्धक्क भएर एक ढिक्का हुन आग्रह गरेका छन् ।
नवगठित नेकपा (एकीकृत समाजवादी) पाँचथरका प्रदेश सभा सांसद गणेशकुमार काम्बाङले आफ्ना कार्यकर्ता, शुभेच्छुक र मतदातालाई नयाँ ढङ्गले समाजवादको बाटोमा निर्धक्क भएर एक ढिक्का हुन आग्रह गरेका छन् ।
नवगठित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य समेत रहेका काम्बाङले अरुले लगाउने लान्छ्नाले आफूहरू कमजोर भएर खुट्टा नकमाउने बरु युवा पुस्ताको माग र मर्मअनुरुप समाजवादको यात्रा अगाडि बढाउने बताए । ‘समाजवादी पार्टी दक्षीणपन्थको भासमा डुब्दैन यसले त पार्टीमा गलत नजिर राखेर गुटको खेलमा लागेका केही नेताहरूमाथि नयाँ ढङ्गबाट कम्युनिस्ट आन्दोलन अगाडि बढाइएको हो । यसाे गर्दा कसैले लान्छ्ना लगाएपनि कार्यकर्ताहरूलाई बिचलित नहुन आग्रह गर्दछु ।’
पाँचथरका एमाले संस्थापक सदस्य तथा २०३८ सालदेखि एमालेका सक्रिय नेता काम्बाङ विगत्मा एमालेको केन्द्रीय सदस्य, दोस्रो संविधान सभा सदस्य, तथा पार्टीको मेची सह ईन्चार्ज र जिल्ला अध्यक्षसमेत साथै देशकै उत्कृष्ट जिल्ला अध्यक्ष भएर पुरस्कृत भएका नेता हुन् ।
उनले नेपाल कम्युनिस्ट आन्दोलनलाई नयाँ आयाम दिन लागेकाले सबै बामपन्थीलाई गोलबद्ध गर्दै लैजाले तरिकाले समाजवादी पार्टी स्थापना भएको जिकिर पनि गरे ।को केन्द्रीय सदस्य समेत रहेका काम्बाङले अरुले लगाउने लान्छ्नाले आफूहरू कमजोर भएर खुट्टा नकमाउने बरु युवा पुस्ताको माग र मर्मअनुरुप समाजवादको यात्रा अगाडि बढाउने बताए ।
‘समाजवादी पार्टी दक्षीणपन्थको भासमा डुब्दैन यसले त पार्टीमा गलत नजिर राखेर गुटको खेलमा लागेका केही नेताहरूमाथि नयाँ ढङ्गबाट कम्युनिस्ट आन्दोलन अगाडि बढाइएको हो । यसाे गर्दा कसैले लान्छ्ना लगाएपनि कार्यकर्ताहरूलाई बिचलित नहुन आग्रह गर्दछु ।’
पाँचथरका एमाले संस्थापक सदस्य तथा २०३८ सालदेखि एमालेका सक्रिय नेता काम्बाङ विगत्मा एमालेको केन्द्रीय सदस्य, दोस्रो संविधान सभा सदस्य, तथा पार्टीको मेची सह ईन्चार्ज र जिल्ला अध्यक्षसमेत साथै देशकै उत्कृष्ट जिल्ला अध्यक्ष भएर पुरस्कृत भएका नेता हुन् ।
उनले नेपाल कम्युनिस्ट आन्दोलनलाई नयाँ आयाम दिन लागेकाले सबै बामपन्थीलाई गोलबद्ध गर्दै लैजाले तरिकाले समाजवादी पार्टी स्थापना भएको जिकिर पनि गरे ।




















