काठमाडौं,१९ भदौ । वरिष्ठ कम्युनिस्ट नेता राधाकृष्ण मैनालीले केपी शर्मा ओलीकै कारण एमाले विभाजनसम्म पुगेको टिप्पणी गरेका छन्। नेता मैनालीले ओलीकै व्यवहारका कारण एमाले विभाजनसम्म पुगेको बताएका हुन्।

उनले भने, ‘ओलीकै कारण कम्युनिस्ट एकता भत्कियो। दुई तिहाइको सरकार ढल्यो। अदालतले नै प्रधानमन्त्रीबाट निकाल्नुपर्ने स्थिति बन्यो। यो सबै प्रकरणमा नाइके ओली नै हुन्।’ नेता मैनालीले फुटपछि कार्यकर्तामा निराशा छाएको पनि बताए।

केही समय उत्तेजनामा आए पनि दीर्घकालीन रूपमा सबैमा निराशा छाउने उनको भनाइ छ। माधव नेपालले आफू नभएर युवालाई नेतृत्व दिएको भए सकारात्मक सन्देश जाने नेता मैनालीको बुझाई छ। तर ओली र माधव नेपाल दुवैले ‘तरक्की’ नगरेको उनले बताए। बाह्रखरीबाट