विराटचोक,१९ भदौ । मोरङको सुन्दरहरैँचामा नेकपा एकीकृत समाजवादीको महेश आचार्यको अध्यक्षतामा १५१ सदस्यीय नगर कमिटी गठन भएको छ ।

शनिबार विराटचोकमा भएको अगुवा कार्यकर्ताको भेलाले गठन गरेको कमिटीमा ४ जना उपाध्यक्षहरुमा इ, सुरेश श्रेष्ठ,महेन्द्र लिम्बु,डोलेश्वर तिम्सिना (नविन),चन्द्र ढकाल रहेका छन,त्यसैगरी सचिवमा साइमन रेग्मी, सहसचिवमा,अर्जुन ढकाल,मनोज सुन्दास, कमल खनाल, रत्नकुमारी परियार ( तारा ) लगायत सदस्यहरु रहेका छन् ।

नव गठित कमिटीमा थप ५० जनालाई थप्ने गरी मनोनित कोटा राखिएको र बिभिन्न वडाहरुको इन्चार्ज तथा विभागहरु पहिलो बैठक बाट तोकिने अध्यक्ष आचार्यले बताए । नगरका दुइ सय ५० भन्दा बढी सहभागी अगुवा कार्यकर्ताको भेलामा नेकपा एकीकृत समाजवादीको केद्रीय सदस्यहरु राजेन्द्र राई ,महेश रेग्मी, बिद्या चाम्लिङ्ग, संबिधान सभाका सदस्य चन्द्रबहादुर गुरुङ, मोरङ जिल्ला कमिटी अध्यक्ष चन्द्रबिर राई लगायतले सम्बोधन गरेका थिए ।