बिराटनगर , भाद्र १९ ।नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) ले बिराटनगर मा दुइ वटा वार्ड कमिटि गठन गरेको छ ।
उक्त पार्टीले बिराटनगर १५ मा धर्म प्रसाद शर्मा को अध्यक्ष्यतामा ५१ सदस्यीय कमिटि निर्माण गरेको छ . उक्त कमिटिको उपाध्यक्ष मा पदम बहादुर कार्की र शोभा चौधरी सचिवमा बिरेन्द्र श्रेष्ठ रहनु भएको कमिटि गठन गरेको हो । उक्त अगुवा कार्यकर्ताको भेलामा नेकपा एकीकृत समाजवादीको महानगर कमिटिका अध्यक्ष्य पारुल क्षेत्री, जिल्ला कमिटिका उपाध्यक्ष डा. उद्धव पोखरेल जिल्ला कमिटिका सदस्यहरु किशोर शाही तथा पदम सुब्बा तथा महानगर कमिटिका सचिव मिरा दहालले कमिटीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

त्यसैगरी बिराटनगर १४ मा सुर्य नारायण यादवको अध्यक्ष्यता मा ७१ सदस्य रहेको कमिटि निर्माण गरेको छ . उक्त कमिटिको उपाध्यक्षमा ताराचन्द्र यादव , सचिवमा गीता निरौला र उपसचिवमा श्रवन राजवंशी रहनु भएको कमिटि गठन गरेको हो ।
उक्त अगुवा कार्यकर्ताको भेलालाई नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्यहरु मृत्युन्जय झा,बीरेन्द्र यादब, अधिवक्ता संजु शाह , महानगर कमिटिका अध्यक्ष्य पारुल क्षेत्री, महानगर कमिटिका सचिव मिरा दहाल लगायत युवा संघ नेपालका केन्द्रीय सदस्य उदय यादब लगायतले नवगठित कमिटीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।




















