बिराटनगर,२१ भदौ । नेकपा (एमाले ) बिराटनगर ७ को वडा शाखा कमिटी नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण भएको छ । राम गेलाल अध्यक्ष्य रहेको तत्कालिन शाखा कमिटि आज भएको भेलाले एकीकृत समाजवादिमा रुपान्तरित हुने घोषणा गरेको हो ।

उक्त कमिटी मा भुवन खतिवडा सचिव रहनु भएको ५१ सदस्य रहेको बताइएको छ । वार्डका पुराना नेता आमोद कुइकेलको अध्यक्ष्यता भएको भेलामा वडाको अगुवा कार्यककर्ता भेलामा पार्टीका केन्द्रीय सदस्य महेश रेग्मी , प्रदेश कमिटि सदस्य रवीन नगरकोटी , लक्ष्मी अधिकारी ,कमल भट्ट, जिल्ला कमिटीका उपाध्यक्ष डा.उद्धव पोखरेल जिल्ला कमिटीका सदस्य मदन श्रेष्ठतथा महानगर कमिटीका सचिव मिरा दाहालले नवनियुक्त कमिटीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
नेकपा (एकीकृत समाजवादी) विराटनगर महानगर कमिटी सदस्य रमण गौतमका अनुसार बिराटनगरका अधिकांश वडामा शाखा कमिटी गठन भैसकेको जानकारी दिनुभयो । बाकि रहेको वडाहरुमा भदौ महिना भित्र शाखा कमिटी गरिसक्ने बताउनु भयो । गौतमका अनुसार बिराटनगर वडाहरु २,३,५,६,७,११,१२,१४,१५ मा कमिटी निर्माण भैसकेको छ भने वडा न ४ मा यहि शनिबार कमिटी गठन भैसक्ने बताउनु भयो ।




















