✍️  केशव दुवाडी 

१• पार्टीमा महासामन्ति नेताको रजाइँ भयो !! पदमा पुर्याउन पिटाइ खाइयो, चन्दा दिइयो, पद पाए पछि खोलो तर्यो लौरो बिर्सियो।

२• मैले ३० बर्ष संगठिसदस्यको लेबि तिरेँ, धादिङका त्यो बेलाको २० वटै विद्यालयमा गएर अखिलको कमिटी बनाउँदै हिँडे। ८ वटा निर्वाचनमा पार्टीको एजेन्ट बसेँ। तर मैले आदर्श मानेको नेता सामन्तवादी पाएँ।

३• म सर्वहारा श्रमिकको पक्षमा पार्टी लाग्छ , आधारभूत वर्गको हीत हुन्छ भनेर सदस्य भएको थिएँ । तर पार्टीका  नेताहरु दलाल पूँजीवादको मसिहा भए। त्यसैले मलाई यिनीहरु प्रति मोहभङ्ग भयो।

४•कसैलाई बस्न मन लाग्छ बस्नोस् तर म जस्तै तपाईँहरु नथाक्नोस्! हाम्रो पालामा भन्दा अहिले अलि सजिलो छ । जनमुखी काम गर्नोस्, कुनै खराब आचरण र हिनामिनामा पक्कै पनि लाग्नु हुने छैन भन्ने विश्वासका साथ तपाईलाईहरुलाई शुभ कामनाछ। असल कर्मको लागि मेरो समर्थन रहि रहने छ ।

५•हाम्रो पालिकामा म प्रति विगत बीस वर्ष देखि मेरो घाँटी निमोठ्ने, पेटमा लात्ताले हान्ने, र मेरो क्षमता र योग्यतालाई उपेक्षा गर्ने नेताको हालिमुहाली नसकिउन्जेल म यो पार्टीको सदस्यता नवीकरण गर्दिन। एमालेमै रहनु हुने सबै साथिहरु कार्यकर्ताहरु प्रति मेरो संमान रहनेछ तर व्यक्तिगतरूपमा। पार्टीमा यो अवस्था आउनुमा स्थानीय अन्तरविरोध र गुटको राजनीति पनि उत्तिकै जिम्मेवार छ । वार्ड लेभल सम्म विभाजन देखिनु यही कारण हो । नेताहरु जनता प्रति भन्दा व्यक्तिगत पद र स्वार्थमा लाग्नु पनि प्रमुख कारण हो ।

६•म पाँच बर्ष अघि नै यो बन्धनबाट मुक्त हुन खोजेको थिएँ। वामन्थी एकताको कारण व्यक्ति मन नपरी नपरी पार्टी भनेर भोट मागेँ, भोटर ओसारेँ आर्थिक सहयोग पनि गरेँ तर यिनीहरु बदलिएनन्।

७•वर्गच्यूतहरुलाई सहयोग गर्नु भनेको आफू पनि च्यूत हुनु हो। जीवनको कुनै मोडमा रूपान्तरित भएको देखियो भने पुनर्विचार गरौँला।

८•मेरो आजका मितिसम्म कुनै पनि कार्यकर्ताहरुसँग व्यक्तिगत रिस ईवी छैन र भविष्यमा पनिहुनेछैन । तर नेता सँग गंभीर विमति र गुनासाहरु छन् त्यसैले पार्टी भित्र त्यस्ताको हाली मुहाली रहुन्जेल न मेरो गाउँको विकास हुन्छ न अनियमिता रोकिन्छ। विचौलिया फौवन्जारहरु हावी हुँदै गएको र ४० प्रतिशत भन्दा बढी आधारभूत वर्गको प्रतिनिधित्व हुन नसकेको नेतृत्वले गरीब, श्रमजीवि, पछाडि पारिएका वर्गहरुको हीत गर्न सक्दैन। सबैलाई हार्दिक धन्यवाद छ !!