✍️  राधाकृष्ण देउजा

लेख्न मन थिएन तर अव अति भए पछि लेख्नै पर्यो ! नेकपामा विभाजन हुँदै गर्दा तत्कालिन अवस्थामा केपी ओली अल्पमतमा रहेको प्रष्ट रहेकोले स्पष्ट वहुमतमा रहेको माधव नेपाल प्रचण्डहरु तर्फ लागेर सुरक्षित हुने आफ्नो स्वार्थी अभिष्टलाइ नीति र सिद्धान्तको जामा पहिर्याएर केपी ओली तर्फ गाली बर्साउने स्वार्थका हिमायती योगेश भट्टराईको स्वार्थी व्यक्तित्व नेकपाको अस्तित्व समाप्त भएर एमाले माओवादी छुट्टाछुट्टै हुने वित्तिकै देखिएकै थियो ।

सामान्य विश्लेषण गर्न सक्ने बबुराले पनि बुझेको थियो कि एमाले माओवादी छुटाछुट्टै भएपछि तत्कालमा केपी ओली संग सामान्य भए पनि वहुमत थियो , अनि त्यसो हुने वित्तिकै योगेशको स्वार्थी चिन्तनले एमालेमा अव केपी ओलीकै सेवक हुँदा फाइदा ज्यादा हुन्छ भन्ने बुझेकै थियो । तर पनि यसो मुख देखाउन सकियोस भनेर उनि मन केपी तर्फ भएपनि तन सच्चा एमालेको पंक्तिमै रहेको देखाउने गर्थे तर पनि दुनियाले उनको बोलि बाट उनि केपी ओलीको हालीमुहाली मानेर पनि एमाले हुन चाहन्छन भन्ने प्रष्ट नै थियो ।

झन केपी ओलीले चाहेको समयमा चाहेकै शैलीमा कथित दस बुँदे आएपछि त योगेशलाइ के चाहियो ? उनि दस बुँदेको रटान गर्दै केपी ओलीको अँगालोमा बाँधिन बुर्कुसी मार्न पर्छ भन्ने नै भए । आखिरमा खोजे जस्तै भैहाल्यो , उनि संग संगै कथित दस बुँदे कार्यान्वयनको खयाली डुंगा चढेर योगेश भट्टराई संगै अरु केहिले पनि केपी ओलीको वार्दलि मुनि ठाउँ पाइहाले । एकताको निम्ती भनेर भएको त्यो कथित दस बुँदे को हालत के भयो त्यो त छ्याँग छ नै । संग संगै कुनै बेला नेपालको राजनीतिमा आशा र भरोसाको केन्द्रको रुपमा हेरिएका योगेश भट्टराईहरु नया प्रवृतिको दाशको उधाहरण बनिरहेको पनि प्रष्ट हुँदै छ ।

यद्धपि को के हुने उनीहरुको निजि छनोट हो , व्यक्तिको स्वतन्त्रताको सम्मान गर्नु पर्छ । तसर्थ योगेश भट्टराई जे गर्दै छन त्यो निजि स्वतन्त्रताको कुरा हो । तर फेरी पनि निजि स्वतन्त्रताको उपयोग गर्दै गर्दा आम रुपमा स्थापित तथ्यलाइ तोडमरोड़ गर्न खोज्दा त चुपचाप लाग्न पनि गार्हो । जस्तै कि केपी ओलीको पार्टी प्रवक्ता हुने आशामा रहनु भएका योगेश भट्टराईले भन्नु भएछ “ सभामुखले एमाले फुटाउन भूमिका खेल्नु भयो ।” एह बाबा अर्काले फुटाएर एमाले फुटेको हो ? यो त “ आफ्नो घरमा ताला साँचो लगाउन नजान्ने अनि छिमेकिलाइ चोर दोष लगाउने जस्तो भएन त ? ” अलिक ज्यादै लाज लाग्ने गरेर त नबोल्नुस न ।