काठमाडौं,२८ भदौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीको मनपरीतन्त्रका कारण नेकपा फुटेको र नेकपाको सरकार ढलेको दावी गर्नु भएको छ ।

जनताले नेकपालाई बहुमत दिएको र नेकपाले सरकार चलाउने जिम्मेबारी पाएपनि अध्यक्ष ओलीले बहुमत आफ्नो लागि मात्रै आएको र सरकार पनि आफुले मात्रै चलाउने हो भन्ने दम्भ देखाएको खनालले उल्लेख गर्नुभयो ।

लामो समय भारतमा उपचार गराएर स्वदेश फर्किएपछि पहिलो पटक अन्तर्वार्ता दिदै बरिष्ठ नेता खनालले तत्कालिन प्रधानमन्त्री ओली तानाशाही शैलीमा अगाडि बढेकाले मुलुकलाई थप दुर्घटना हुनबाट जोगाउन आफुहरुले कठोर निर्णय लिएको दावी गर्नुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “पहिलाको सरकारभन्दा अहिलेको सरकार धेरै दृष्टीकोणले फरक छ, केही काम ढिला भएका छन, त्यसले पनि अव गति लिन्छ ।”