भोजपुर,२८ भदौ । नेकपा एकीकृत समाजवादीकी नेत्री गीता राईले भोजपुरमा नेकपा एकीकृत समाजवादीको बाहुल्यता राम्रो रहेको बताएकी छिन । नेत्री राइले अनलाइन सगरमाथा संगको कुराकानीमा केहि मान्छेहरु अवसरका लागी एमालेमा रहेपनि धेरै जसो युवा पिढीहरु र प्रतिगमन बिरुद्द लागेका नेता कार्यकर्ताहरु नेकपा (एस)मा नै सक्रिय रुपमा लागिपरेको बताएकी छिन ।
नेकपा (एस) को यहि भदौ ३० गते बुधबार बृहत कार्यकर्ता भेला गरी भोजपुर जिल्ला कमिटी समेत गठन गरीने पनि उनले जानकारी दिईन । हाल भोजपुरमा केही जनप्रतिनिधिहरु नेकपा एकीकृत समाजवादीमा खुले पनि बाकी रहेको धेरै जसो जनप्रतिनिधिहरुले आफ्नो कार्यकाल सकिए पछी एमाले छाडेर आउनेमा बिश्वास रहेको उनले बताएकी छिन । उनले एमालेमा रहेका जनप्रतिनिधि साथीहरु संग आफ्नो नियमित कुराकानी भैरहेको पनि बताइन ।
नेत्री राई बिध्यार्थीकाल देखी सक्रिय राजनितीमा होमिएकी उनी अनेरास्ववियु सुनसरी जिल्ला कमिटी सचिव हुदै केन्द्रिय कमिटी सदस्य बाट बिदा भई हाल भोजपुरमा पार्टीको काम गरिरहेको छिन ।




















