तेह्रथुम,२८ भदौ । तेह्रथुममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को कृष्ण चोङ्गवाङ्गको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । सोमबार म्याङ्गलुङ्गमा भएको अगुवा कार्यकर्ता भेलाले उपाध्यक्षमा प्रदीप सुब्बा ‘बादल,सचिवमा गजेन्द्र कन्दङ्गवा उपसचिवमा योगेन्द्र गड्तौला लगायत सदस्यहरु चयन गरेको हो ।

241971880_4289949601117557_5501314434416689133_n (2)

नव गठित कमिटीले अब जिल्लाकेन्द्रित गतिविधि गर्दै थप संगठन विस्तार गर्ने नेताहरूले बताएका छन् । कार्यक्रम नेकपा एमाले जिल्ला कमिटीका पुर्व उपसचिव हाल नेकपा (एस)का नेता भुपतिलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियाे ।

241229948_4119191838210409_940338849552501259_n (2)

241766637_4289949881117529_2496067075480811342_n (2)

 

242016283_4289949707784213_5247927970236605351_n (2)