वारा,२९ भदौ । वाराको फेटामा एमालेको सिंगो गाउँपालिका कमिटीनै नेकपा (एस)मा समाहित भएको छ । उस्मान अन्सारीको अध्यक्षतामा बनेको एमालेको सिंगो कमिटी आजदेखी नेकपा (एस) मा समाहित भएको हो ।

वारा जिल्लामा नेकपा एमाले बाट परिणत भई पालिका तहमा फेटा नेकापा (एस)को पहिलो कमिटी बनेको स्थानीय नेता बिरेन्द्र साहले बताए । फेटा गाउँपालिका बाट नेकपा एमालेमा प्रतिनिधित्व गरेका सवै जिल्ला सदस्यहरु बिरेन्द्र यादव,मालती कुशवाहा,उस्मान अन्सारी नेकपा (एस) मा नै रहेको नेता साहले जानकारी दिए ।

241772359_10159574549221952_495962674403487148_n

सो कार्यक्रममा नेकपा (एस) का केन्द्रीय सदस्य दिनेश राईले लोकतन्त्र विरोधी, संविधान विरोधी, सङ्घीयता विरोधी, कम्युनिष्ट आचरण, संस्कार र पार्टीघाती केपि ओलीले दुईतिहाइको सरकार बिघटनको बिरूध्दमा यो पार्टी गठन भएको बताए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका नेता राईले नयाँ गठन भएको पार्टीले गरिब, किसान, मजदुर, मधेसी, दलित, महिला, युवालगायतका हितमा काम गर्ने कुरा ब्याक्त गरे ।

242002695_10159574548806952_5109460335966492235_n

वारा जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पालिका तहको कमिटीमा परिणत भएको फेटा पहिलो भएकोमा सबैलाई नेता राइले बधाई तथा शुभकामना ब्यक्त गरे । भेलाले हरेक टोल, गाउॅ, वडाको भेला र बैठक गरी यधाशिघ्र कमिटी गठन वा पुनर्गठन गर्ने, र ३१ गते कलैयामा आयोजित हुने जिल्लास्तरीय कार्यक्रम सहभागी हुने निर्णय गरेको छ । त्यसैगरी हाल कृषकका समस्याका रूपमा रहेको मलखाध्य र रासायनिक, कीटनाशक सहज आपूर्ति र अनुदानको ब्यवस्थाका लागि नेपाल सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ । उस्मान अन्सारीको अध्यक्षतामा भएको भेलामा वीरेन्द्र प्रसाद शाहले कार्यक्रम सचालन गरेका थिए ।

241780960_10159574548671952_4155636976990307505_n