सल्यान,३० भदौ । सल्यानमा नेकपा (एकीकृत समाजवादी) पार्टी प्रती जनताको लहर उर्लिएको छ । बुधबार सल्यानको बन्गाडकुपिन्डे नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेलामा मानव सागर उर्लिएको हो । बन्गाडकुपिन्डे नगर कमिटीद्वारा आयोजित प्रशिक्षणको कार्यक्रम समेत रहेकोमा करिव पाच हजार भन्दा बढी जनताको भव्य उपस्थितिका विच सल्लीबजारमा सम्पन्न भएको कार्यक्रमका सहभागीहरुले बताए । कार्यक्रम स्थलमा जनताहरु न अटाएर बाहिर उत्तिकै भिड लागेको पनि सहभागीहरुले बताए ।

भव्यरुपमा भएको कार्यक्रमलाई नेकपा ( एकीकृत समाजवादी )का कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला,विशिष्ट अतिथी पार्टी केन्द्रिय सदस्य रामकुमारी झाक्री,कर्णाली प्रदेश कमिटी सदस्य तथा कर्णाली सरकारका भौतिक पुर्वाधार मन्त्री अमर बहादुर थापा,जिल्ला कमिटी उपाध्यक्ष राम खड्गी,जिल्ला कमिटी सचिव रमेश गौतम,कर्णाली प्रदेश कमिटी सदस्य गणेश बिसी ,कर्णाली प्रदेश परिषद सदस्य शान्त कुमार यरी,जिल्ला कमिटी सदस्य पठ बहादुर पुन,अनेरास्ववियु स्थायी कमिटी सदस्य तिलक नेपाली र अनेमसंघ केन्द्रिय सदस्य धना शाहीले संबोधन गरेका थिए ।

रविराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य जिल्ला कमिटी सदस्य गोविन्द डागिले गरेका थिए । भेलाले रविराज शर्माको अध्यक्षमा ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ । यसैगरी उपाध्यक्षमा दिलिप वली ,सचिवमा गोविन्द डागी र उपसचिवमा ईश्वरी गौतम लगायत सदस्यहरु रहेका छन ।




















