बेलबारी,३१ भदौ । नेकपा(एस) निकट युवा संघको १५१ सदस्सीय बेलवारी नगर सम्मेलन आयोजक कमिटी गठन भएको छ । बिहिबार बेलबारी को गुम्वामा भएको युवाहरुको भेलाले अधक्ष्यमा हेमन्त गुरुङ र सचिवमा कमल घतानी र सदस्यहरु चयन गरेको हो ।
नगर कमिटीमा सात जनाको संख्यामा पदाधिकारी रहेकोमा अध्यक्ष र सचिव बाहेकको बाकी रहेको पदाधीकारीहरु पहिलो बैठकको निर्णयले पद पुर्ती गरीने नव गठित कमिटीका अध्यक्ष हेमन्त गुरुङले बताए । नव गठित कमिटीलाई असोज ९ गते नेकपा (एस) की केन्द्रीय सदस्य रामकुमारी झाक्रीको प्रमुख आथित्यतामा बधाई तथा सपथ ग्रहण कार्यक्रम भब्यरुपमा सम्पन्न गरीने अध्यक्ष गुरुङले बताए ।

भेलामा पुर्वसांसद नेकपा (एस) का सल्हाकार हर्कमान तामाङको प्रमुख आतिथ्य र सभासद तथा नेता चन्द्रबहादुर गुरुङको बिशिष्ठ आथित्य रहेको थियो । नव गठित कमिटीलाई युवा संघका नेताद्वय प्रेमराज भारती, चरण गुरुङ र नेकपा एस मोरङका नेताहरु भुपाल बस्नेत, कमल कोइराला,अर्जुन गिरी,फडिन्द्र थापा लागायतका नेताहरुले बधाई तथा सुभकामना मन्तब्य ब्याक्त गरेका थिए ।




















